मंसिर, २ – महान क्रिकेटर सचिन तेन्दुलकरले आफनो २४ वर्षे खेल जीवनमा आफ्नो नामको जयजयकार भएको धेरै पटक सुनेका छन र सचिन, सचिन नामको जयजयकार जीवनको अन्तिम दिनसम्म पनि गुञ्जिरहोस भन्ने उनको चाहना अस्वाभाविक हैन ।
तर नेपाली क्रिकेटर शरद भेषावकरले पनि जीवनमा पहिलो शनिबार बेलुकी यस्तो खालको अनुभव गर्न पाए । उनी खेल सकेर विश्रामका लागि जाँदा उनको दिमागमा नेपाली क्रिकेटप्रेमीले गरेको शरद..... शरद.... को जयजयकार दिमागमा गुञ्जिरहेको हुनेछ ।
अन्तर्राष्ट्रिय खेल क्षेत्रमा आफनो उपस्थितिका लागि संर्घषरत देशका त्यति चर्चामा नआएका यी अलराउन्डरले केन्याले दिएको असम्भव लक्ष्यलाई सम्भव तुल्याउने क्रममा क्रिकेटप्रेमी नेपाली जनतालाई शनिबार बेलुकी रोमाञ्चक जितको उपहार प्रदान गरे । नेपाललाई अन्तिम ओभरको ६ बलमा १७ रनको आवश्यकता थियो । तर भेषावकरलाई ४ बल नै काफी थियो । जसमा उनले ३ छक्का हिर्काउँदै र २ रन लिएर नेपाललाई ६ विकेटको रोमाञ्चक जित दिलाए ।
‘खेल मैदानको आकार सानो भएकोले हामी जित्न सक्छौं भन्ने आत्मविश्वास थियो, सुरुमा विकेट जोगाएर खेल्यौं भने निश्चित रुपमा जित्न सकिन्छ भन्ने हामीलाई लागेको थियो’, शरदले भने, ‘छक्का र चौका हान्नु बाहेक हामीसँग कुनै विकल्प थिएन । मैले यसका लागि कोशिस गरें, भाग्यवश हामी लक्ष्य भेट्टाउन सफल भयौं ।’
दुई चार सय आप्रवासी नेपाली कामदार आइसिसी एकेडेमी खेल मैदानको छेउमा उभिएर जयजयकार सहित आफना देशका खेलाडीको हौसला बढाइरहेका थिए ।
केन्याका राकेप पटेलले ४२ बलमै शतक बनाउँदै विष्फोटक ब्याटिङ गरेपछि नेपाली दर्शकहरु केही समय निराश भएका थिए ।
आफ्ना सुरुवाती ब्याट्सम्यानहरु नेपाली बलरको धरापमा परेपछि, क्रिजमा आएका केन्याका छैठौ नम्बरका ब्याटसम्यान पटेलले खुलेरै ब्याटिङ गरे । पटेलको मुख्य शिकार नै भेषावकर भए । भेषावकरले एक ओभरको बलिङमा पटेललाई ३० रन दिए ।
जबसम्म नेपाली क्याप्टेन तथा खेलका राष्ट्रि«य नायक पारस खडका क्रिजमा थिए, मैदानमा उपस्थित नेपाली दर्शकको जय जयकार निरन्तर चलिरहयो ।
तर अन्तिम ओभरमा उनी नन स्ट्राइकर थिए । अन्तिम ओभरका दुई बललाई भेषवाकरले मिड अन बाउण्ड्रीमा छक्काका लागि उडाइदिएपछि जितको औपचारिकता मात्र बाँकी रह्यो । यतिबेला दर्शकबीच भेषावकरको नामको जयजयकार सवैभन्दा उच्च सुनिन्थ्यो ।
‘दर्शकको सर्मथनले हाम्रो खेलमा थप ऊर्जा प्रदान गर्छ । आवश्यक परेको बेला जहिले पनि दर्शकको सर्मथन हाम्रो साथमा हुन्छ । यसले हामीलाई ठूलो राहत दिन्छ । म सबै दर्शकलाई धन्यवाद दिन चाहान्छु,’ उनले भने ।
दुई खेलमा दुई जितको अर्थ अर्को वर्ष बंगलादेशमा हुने टी २० विश्वकपका लागि भैरहेको छनौट चरणको यो प्रतियोगितामा शीर्ष ६ स्थानमा पुग्नका लागि महत्वपूर्ण छ ।
‘हामीसँग विकेट बाँकी थियो । त्यस्तो समयमा के गर्ने र कसरी खेल्ने भन्ने राम्रो ज्ञान भएका क्याटेन कुल (खड्का) क्रिजमा थिए ।’, नेपालका प्रशिक्षक पुवुदु दासनायकेले भने, ‘शरद राम्रो खेल फिनिसर हो । पहिले पनि उसले यसरी नै नेपाललाई जित दिलाएको थियो त्यसैले हामीलाई ऊप्रति विश्वास थियो । स्कटल्याण्डले अफगानिस्तानसँग र नेदरल्याण्डले पपुवा न्युगिनीसँग हारेपछि हामीलाई यो प्रतियोगितामा रहिरहन यो जित आवश्यक थियो ।’
source: ujyaaloonline.com

.png)