Pages

भारत, चीन र जापानबीच मंगल ग्रहमा पुग्ने होड

नयाँ दिल्ली– मंगल ग्रहमा यान पठाउने भारतीय मिसनसँगै आउने दिनहरुमा अन्तरिक्षमा वर्चस्व कायम गर्नका लागि एसियाली देशको होड बढ्ने देखिएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) मंगल ग्रहमा उपग्रह पठाउने अन्तिम तयारीमा जुटेको छ।
भारतले मंगल ग्रहमा पठाउन लागेको अन्तरिक्ष यानले त्यहाँको मौसम तथा सतहबारे वैज्ञानिक जानकारी जुटाउने बताइएको छ । यानको प्रक्षेपण २८ अक्टोबरमा गरिने भनिए पनि प्रशान्त महासागरको खराव मौसमका कारण पछि सरेको छ । मानबरहित यो यान १९ नोभेम्बरसम्ममा प्रक्षेपण गर्न सकिने समाचार एजेन्सीले बताएका छन् ।

यो अभियान सफल भएमा अमेरिका, युरोप र रुसपछि मंगलमा यान पठाउने विश्वको चौंथो अन्तरिक्ष एजेन्सी भारत बन्नेछ ।




यसभन्दा पहिले चीनले २०११ मा यिंगहु–१ नामको अन्तरिक्ष यान मंगलमा पठाउने कोसिस गरेको थियो तर प्राविधिक कारणले यो अभियान असफल भएको थियो । यसको असफलतापछि भारतले मंगल ग्रहमा आफ्नो लगाव बढाएको थियो । उसले १५ महिना लगाएर यो यान निर्माण गरेको हो ।

जापानको अन्तरिक्ष एजेन्सी जाक्सा पनि अन्तरिक्षको क्षेत्रमा शक्तिशाली छ । यो एसियाको सबैभन्दा अनुभवी अन्तरिक्ष एजेन्सी हो । अन्तरिक्षमा विश्वको ध्यान बढ्दै गाएको समयमा एसियाका शक्तिशाली देश चीन, जापान र भारतले पनि एक दोस्रोमा आँखा डुलाएका छन् । एसियाली देशहरुको प्रतिस्पर्धाले अन्तरिक्ष खोजको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास गरिएको छ । अझै विश्लेषकहरुले अन्तरिक्षमा एसियाली देशहरु मिलेर नयाँ आयाम ल्याउन सक्नेतर्फ पनि सोच्नुपर्ने बताएका छन्



No comments:

Post a Comment