Pages

पाकिस्तानको भूकम्पमा २ सय ५० बढीको मृत्यु


काठमाडौ(एजेन्सी), आश्विन ९ - पकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा मंगलबार बेलुकी गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरुको संख्या २ सय ५० पुगेको छ । भूकम्पबाट भएको क्षति बारे अझै सूचना संकलन कार्य जारी रहेकाले मृत्यु हुनेको संख्यामा बढ्न सक्ने पाकिस्तानी अधिकारीहरुले बताएका छन्।
अधिकारीहरुका अनुसार ३ सय बढी घाइते छन् । भूकम्पको झट्काले ग्वादार मा तिस मिटर चौडा एक टापुको उत्पत्ति समेत भएको छ ।  बलुचिस्तान प्रान्तबाट ६६ किलोमिटरको दुरीमा पर्ने अवारनमा केन्द्र बनाएर  ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पको  गएको हो । स्थानीय समय अनुसार साढे ४ बजे भूकम्प आएको थियो । भूकम्पको धक्का भारतसम्म महसुस गरिएको थियो ।

Source: Kantipur

No comments:

Post a Comment