Pages

निधारमा नाक उम्रियो!

बेइजिङ  – चीनको फुजियान प्रान्तको फुझु सहरस्थित अस्पतालका डक्टरहरूले एक जना बिरामीको नाक उमार्न सफलता पाएका छन्। बिरामीको निधारमा नाक उमारिएको छ। 
२२ वर्षे सियाओलियानको क्षतिग्रस्त असली नाक प्रतिरोपण गर्नका लागि डक्टरहरूले उनको निधारमा नाक उमारेका हुन्। सन् २०१२ अगस्टमा एउटा सडक दुर्घटनामा सियाओलियानको नाक नराम्ररी भाँचियो। भाँचिएको नाकको हेरविचार नगरेपछि सियाओलियानको नाकको कार्टिलेजमा संक्रमण भयो। 


कार्टिलेज संक्रमणको उपचार गर्न असम्भवजस्तै भएपछि डक्टरहरूले उनलाई अस्पतालमै राखेर नयाँ नाक उमार्ने निर्णय गरे। डक्टरले एउटा स्किन टिस्यु एक्सपान्डरलाई नाकको आकार दिएर सियाओलियानको निधारमा राखे। नाकको आकार दिइएको एक्सपान्डरमा उनको करङबाट निकालेको कार्टिलेजसमेत राखिएको थियो। 
सियाओलियानको उपचार गरिरहेका डक्टरले उमि्रएको नयाँ नाक ठीक आकारमा रहेको र छिट्टै उनको नाक प्रत्यारोपण गरिने बताएका छन्। - Source: Nagarik

No comments:

Post a Comment