नैरोबी (एजेन्सी), आश्विन ११ - केन्याको राजधानी नैरोबीस्थित वेस्टगेट सपिङ मलमा सर्वसाधारणको हत्यापछि पहिचान हुन नदिनलाई आतंकवादीले शवको हात काटेको र आगोले पोलेको खुलासा भएको छ ।
अल शबाबका आतंकवादीहरूले बन्दुक ताकेर बन्धक बनाएर राखेको हुलको अगाडि एक घाइते महिलासँग बलात्कार गरेको प्रत्यक्षदर्शीहरूले भनेका छन् । राहत एवं बचाउकर्मीलाई भित्र छिर्न नदिन आतंकवादीहरूले मलको गेटमा शव थुपारेका थिए ।
अल शबाबले विस्फोटमा १ सय ३७ बन्धकको ज्यान गएको दाबी गरेको छ भने केन्या सरकारले ५ आतंकवादीसहित ७२ जनाको मृत्युको पुष्टि गरेको छ । केन्याली सेनाले मललाई कब्जा गर्न रासायनिक हतियार प्रयोग गरेको उक्त आतंकवादी समूहले दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । ६१ जना अझै बेपत्ता रहेको रेडक्रसले जनाएको छ । उक्त समूहले शनिबारदेखि चार दिनसम्म त्यहाँ ताण्डव मच्चाएका थिए ।
अमेरिका, बेलायत, जर्मनी, क्यानाडा, इजरायल र इन्टरपोलको सुरक्षा एजेन्सीले आक्रमणको अनुसन्धानमा केन्याली प्रहरीलाई सहयोग गरिरहेको छ । उक्त समूह अपि|mका लगायत संसारभरि आतंकको भरमा शासन गर्ने चाहना राख्छ । उसले गरिब अपि|mकी मुलुक सोमालियालाई केन्द्र बिन्दु बनाएर अमेरिकालाई लक्ष्य बनाइरहेको छ । अमेरिकाले उक्त समूहको दुई आतंकवादीविरुद्ध ५०/५० लाख डलरको पुरस्कार राखेको थियो । अल कायदा निकट यो समूहको युरोपदेखि अमेरिकासम्म हुने आतंकवादी गतिविधि कुनै न कुनै भूमिका अवश्य हुने गर्छ । यो समूहका थुप्रै सदस्यहरू बेलायत, अस्टे्रलिया र प|mान्समा पक्राउ परिसकेको छ । अमेरिकी रणनीतिकार र आतंकवादी संगठनमा निगरानी राख्नेहरूले उक्त समूहलाई निकै खतरनाक मान्छन् ।
No comments:
Post a Comment