Pages

मिस वल्र्डको फाइनलमा पुगिन् मिस नेपाल


मिस नेपाल इशानी श्रेष्ठ ‘मिस वल्र्ड २०१३’को फाइनल चरणमा प्रवेश गरेकी छिन् । विश्वभरमा एक सय ३० देशका सहभागीमध्येबाट उनी अन्तिम १५ मा प्रवेश गरेकी हुन् । ‘व्युटी वीथ अ पर्पोज’ विधामा उत्कृष्ट हुँदै इशानी अन्तिम १५ जनाभित्र परेकी हुन् ।  
विभिन्न छ टाइटल विजेताले मिस वल्र्डको फाइनलमा सिधै प्रवेश पाउँछन् । 
अब शनिबार इन्डोनेसियामा हुने अन्तिम फाइनलमा उनले नेपाली नृत्य समेत देखाउनेछिन् । अन्तिम प्रतिस्पर्धाको लागि १५ जना छनोट भएपनि ११ जनाले मात्र आफ्नो देशको पहिचान झल्किने नृत्य देखाउन पाउँछन्, जुन मौका इशानीले पाएकी छिन् । 
अन्तिम राउण्डमा स्थान बनाएकी इशानीले आफू निक्कै हर्षित भएको बताइन् । 
नेपालबाट मिस वल्र्डमा भाग लिन गएका डेढ दर्जन मिस नेपालमध्ये इशानीले प्राप्त गरेको यो ठूलो उपलब्धि हो । अहिले उनलाई अग्रीम शुभकामनाको ओहिरो छ 

No comments:

Post a Comment