Pages

ईशानी टप ५ बाट बाहिरिईन्

काठमाडौ, आश्विन १२ - विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी ईशानी श्रेष्ठ टप ५ बाट बाहिरिएकी छन् । विश्वका एकसय ३० देशका सुन्दरीलाई उछिन्दै व्यूटी वीथ पर्पोज उपाधि जितेकी उनी अन्तिम ५ छनौटबाट बाहिरिएकी हुन् ।
विश्व सुन्दरी प्रतियोगिताको टप १० मा अटाउने र सहायक उपाधि जित्ने उनी पहिलो नेपाली सुन्दरी बनेकी छन् । मिस नेपाल-२०१३ भएपछि उनले जुम्लाका बिभिन्न गाउँमा गरेको दन्त शिविरको आधारमा उनलाई व्यूटी वीथ पर्पोज उपाधि दिइएको हो । उपाधिसहित उनले अभियानलाई अघि बढाउन १० हजार अमेरिकी डलर सहायतासमेत पाउनेछिन् ।
ईन्डोनेसियाको बालीमा जारी प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा अहिले फ्रान्स, फिलिपिन्स, घाना, ब्राजिल र स्पेनी सुन्दरी छन् ।  जनताको मतको आधारमा जिब्राल्टारकी सुन्दरीलाई पनि अन्तिम प्रतिस्पर्धामा सहभागी गराइएको छ ।
टप १० मा नपरेकी उनी जनताको भोटिङको आधारमा अन्तिम ६ मा सहभागी हुन छानिएकी हुन् ।
विश्व सुन्दरी प्रतियोगिताको यसअघिको संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल श्रृष्ठी श्रेष्ठ अन्तिम २० सम्म अटाएकी थिइन् ।

No comments:

Post a Comment