Pages

अमेरिकी संसद नजिकैगोलाबारी, एक महिलाको मृत्यु

बासिङटन– अमेरिकी संसद भवन नजिकैगोलीबारी भएको छ। राजधानी वासिङटन डिसीमा प्रहरीले एक कारमा सवार महिलाई पक्राउ प्रयास गरिरहँदा संसदभवन नजिक गोली चलेको हो। घटनामा एक महिलाको मृत्युभएको छ भने दुई प्रहरी घाइते भएका छन्। स्थानीय प्रहरी अधिकारीले यो घटना आतंकवादसँग नजोडिएको बताएका छन्। उनीहरुले भनेका छन्,'घटनाको आतंकवादसँग कुनै साइनो छैन।'
दुईहप्ताअघिवासिङ्टन नेवी यार्डमा भएको गोली प्रहारमा १२ जनाको मृत्यू भएको थियो। संसद भवन बाहिर भएको गोलीबारीबाट बच्न मानिसहरु जमिनमा सुतेका थिए।

कारमा भाग्दै गरेकी महिलालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको थियो। प्रहरी र गुप्तचार विभागका अधिकारीले दुई ठाउँबाट कार माथिगोली प्रहार गरेका थिए। फायरिङ गर्दा कारमा रहेकी महिलाको मृत्युभएको थियो। मृत्युहुने महिला को हुन् भन्नेबारे प्रहरी मौन छ।

प्रहरीले महिलाको कारबाट एक बच्चालाई सुरक्षित बाहिर निकालेको छ। सो घटनाबारे प्रहरीले राष्ट्रपतिओबामालाई हरेक क्षणको जानकारी गराएको थियो।

No comments:

Post a Comment