चीन, असोज ०७– भयानक तुफानका कारण चीनमा २५ जनाको ज्यान गएको छ भने ३० लाख बढी मानिस प्रभावित भएका छन् । उसागी नामक तुफानका कारण दक्षिणी चीनको जनजीवन प्रभावित भएको छ ।
आँधी तुफानले गर्दा त्यहाँका विद्यालय बन्द भएका छन् भने न्यूक्लियर पावर स्टेशन पनि तुफानको जोखिममा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तुफानलाई मध्यनजर गर्दै ग्वांगडोंग, शेन्झेन, फुजियान प्रान्त सहित हङकङको हवाई उडान रद्द गरिएको छ । ८० हजार भन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ ।
तुफान प्रभावित क्षेत्रका बासिन्दाको उद्दार तथा राहतका लागि ५० हजार भन्दा धेरै उद्दारकर्मी खटिएका छन् । यो तुफानलाई यो वर्षकै सबैभन्दा शक्तिशाली मानिएको छ । तुफानका कारण केही ठाउँमा बाढी आएको छ । मौसमविद्हरुले शक्तिशाली तुफानका कारण ग्वांगडोंगमा पनि बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन सुझाव दिएका छन् ।
No comments:
Post a Comment